• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: नेपालीहरु त साह्रै अल्छि

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ
� यो घण्टाघर बनाउन कती समय लाग्यो ?�
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरी टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन